सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिकामा ‘वार्डस्तरीय युवा क्लब गठन,नमुना युवा गाउँ सभा अभ्यास कार्यक्रम र युवा संजाल गठन सम्पन्न भएको छ। उक्त संयुक्त कार्यक्रम मानव अधिकार मञ्च नेपाल,सन्दकपुर गाँउपालिकाको आयोजना र राष्ट्रिय युवा परिषद नेपालको सहकार्यमा संचालन भएको हो।
अभ्यासमा “युवा सशक्तिकरण तथा सञ्चालन कार्यविधि २०८१” समेत युवा गाउँ सभाले पास गरेका थिए । पारित गरिएका बिधेयक गाउँपालिकाको अध्यक्ष तुलाराम गुरुङ्गलाइ संजालमार्फत हस्तान्तरण गरेका थिए। नव गठित संजालको अध्यक्षमा विषम खतिवडा चयन गरिएको थियो।
समापनमा सन्दकपुर गाँउपालिकाका उपाध्यक्षले युवालाई राजस्व संकलन,पर्यटन होमस्टे व्यवस्थापनमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा मञ्चका अध्यक्ष मोहन सिंह थेबेको अध्यक्षता सन्दकपुर गाँउपालिकाका अध्यक्ष तुलाराम गुरूङको प्रमुख आतिथ्यतामा समापन भएको थियो ।
नमुना युवा गाउँ सभा अभ्यास ४ दिन सम्म संचालन रहेको युवा संजालका अध्यक्ष विषम खतिवडाले बताए।
