Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

माईमा बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ

माईमा बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ १९ २०८१


माईमा बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ

इलाम : बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ परेका छन् । इलामको माई नगरपालिका–१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार रहेका ३५ वर्षीय रामबहादुर राईलाई शुक्रबार पक्राउ गरिएको हो ।
रामबहादुरलाई माई नगरपालिका–१० ढोडेनी जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिए । ‘उनीमाथि थप अनुसन्धान सुरु गरेका छौँ’, उनले भने ।
घरायसी विवादमा रामबहादुरले बुबा दिलबहादुरलाई चिर्पटले हिर्काएर सख्त घाइते बनाएका थिए । उनको उपचारका लागि झापाको विर्तामोड अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार