इलाम । हिमालयन अर्थोडक्स टि प्रडयुसर्स एशोसिएसनको अध्यक्ष चिया उद्यमी तथा पूर्व मन्त्री दिपक प्रकाश बास्कोटा निर्वाचित भएका छन् । पूर्व मन्त्री समेत रहेका बास्कोटा पाँचथरको कंचनजंघा चिया कारखानाका संचालक हुन् । एशोसिएसनको महासचिवमा अरनिकी स्पेशेयलिटि टि उद्योगका यमन लामा चयन भएका छन् । लामा इलाम सूर्योदय नगरपालिका निवासी हुन् । त्यसैगरि एशोसिएसनको कोषाध्यक्षमा ला मडण्डेला टि को उषा सुब्बा चयन भएकी छन् ।
एशोसिएसनको सदस्यमा गोर्खा चिया उद्योगका उदय चापागाई, सुभाषचन्द्र संघाई, कमलराज मैनाली, सुमित श्रेष्ठ, रवि राठि, निकिता नेपाल, डिल्लि बास्कोटा, सोनाम लामा र चन्द्र भुषण सुब्बा चयन भएका हुन् । उनीहरु एशोसिएसनको १९ औँ अधिवेशनबाट निर्वाचित भएका हुन् ।