राष्ट्रिय दलित पत्रकार संघ इलामको दोश्रो जिल्ला अधिवेशन इलाममा सम्पन्न भएको छ । राष्ट्रिय दलित पत्रकार संघका जिल्ला अध्यक्ष बलराम बराइलीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई रहेका थिए । अधिवेशनको उद्घाटन सत्रमा नेपाल पत्रकारीता क्षेत्रमा योगदान गरेका रेशम बराइली र नवराज संकरलाई मरोपणान्त सम्मान गरिएको थियो ।

दलित समुदायबाट पत्रकारीता क्षेत्रमा योगदान गरेको भन्दै दोस्रो जिल्ला अधिवेशनका क्रममा उनीहरुलाई सम्मान गरिएको हो । अधिवेशनको उद्घाटन सत्रमा माई जोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे, इलाम नगरपालिका २ का अध्यक्ष गिरिराज खनाल, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय उपाध्यक्ष गोपाल बराइली, नेपाल पत्रकार महासंघ इलामका पूर्व अध्यक्ष सटेन्द्र जबेगु, प्रदेश सेन्टर नेपालका प्रदेश महासचिव सुजन तिमसिना, फोनिज इलाम अध्यक्ष राम योङ्हाङ्ग, नेपाल पत्रकार महासंघ इलामका सचिव भिम चापागाई, गैरसरकारी संस्था महासंघका कमल नेपाल, सञ्चारिका समुहकी अध्यक्ष सिर्जना श्रेष्ठ, प्रेश चौतारीकी केन्द्रिय सदस्य कोकिला ढकालले अधिवेशनको सुभकामना मन्तव्य राखेकी थिए ।

त्यसैगरि दलित आन्दोलनका अगुवा धनमान बराइली, डम्बरसिंह गदाल, राष्ट्रिय दलित पत्रकार संघका प्रदेश सदस्य मनकुमार बराइली, सुनचाँदि व्यवसायी संघका देबेन्द्र संकर, नेपाल प्रेश युनियनका गणेश घिमिरे, राष्ट्रिय दलित पत्रकार संघका सल्लाहाकार प्रकाश परियारले सुभकामना मन्तव्य राखेका थिए । उनीहरुले उत्पीडित र उपेक्षित समुदायको हकहित, अधिकार, पहिचान र राष्ट्रिय मुक्ति आन्दोलनमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।