Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर गाउँपालिकामा पूर्ण विद्युतिकरणको काम धमाधम (तस्बिरहरु)

सन्दकपुर गाउँपालिकामा पूर्ण विद्युतिकरणको काम धमाधम (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • सोमबार, बैशाख ३१ २०८१


सन्दकपुर गाउँपालिकामा पूर्ण विद्युतिकरणको काम धमाधम (तस्बिरहरु)

सन्दकपुर । सरकारले इलाम जिल्लामा सबै घरधुरीमा विद्युतको उज्यालो पुर्याउने योजनाको काम अहिले धमाधम भइरहेको छ । पूर्ण विद्युतिकरण गर्नका लागि इलामका सबै स्थानीय तहमा अहिले काम तिब्र गतिमा भइरहेको हो । पूर्ण विद्युतिकरण आयोजना मार्फत इलामको सन्दकपुर गाउँपालिकामा विद्युत विस्तारको काम अहिले धमाधम भइरहेको हो ।


विद्युत विस्तार हुन बाँकी गाउँ र टोलमा अहिले विद्युत विस्तारको काम धमाधम भइरहेको सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताए । विद्युत विस्तारको काम अहिले सन्दकपुरका ५ वटै वडामा हुँदै आएको हो । पूर्ण विद्युतिकरणको काममा समन्वयको काम नेपाल विद्युत प्राधिकरणले गर्दै आएको छ । विद्युतको उज्यालो घरमा हुने भएपछि सन्दकपुरबासी खुशि भएका छन् । स्थानीयबासीले श्रमदान पनि गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार