Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई अध्यक्ष कप : माईजोगमाईलाई हराउँदै इलाम फाइनल प्रवेश

माईजोगमाई अध्यक्ष कप : माईजोगमाईलाई हराउँदै इलाम फाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • शनिबार, बैशाख २९ २०८१


माईजोगमाई अध्यक्ष कप : माईजोगमाईलाई हराउँदै इलाम फाइनल प्रवेश

नयाँबजार । इलाम नगरपालिका दोश्रो माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । माईजोगमाई गाउँपालिकालाई २–१ गोल अन्तरले हराउँदै इलामले अन्तिम २ मा स्थान सुरक्षित गरेको हो ।

फाइनल प्रवेश गरेसंगै इलामले कम्तीमा १ लाख २१ हजार १ सय ११ रुपैया सुरक्षित गरेको छ । इलामको जितमा प्रिन्स शेर्पा र कप्तान प्रदिप बिष्टले गोल गरे । माईजोगमाईका लवकुश राईले एक गोल फर्काए । खेलको २५ औ मिनेटमा प्रिन्सले इलामलाई अग्रता दिलाए ।

३८ औ मिनेटमा लवकुशले खेल बराबरीमा ल्याए । ४० औ मिनेटमा कप्तान प्रदिपले हेडर मार्फत गोल गर्दै इलामलाई फाइनलमा प्रवेश गराए । खेलको म्यान अफ दि म्याच इलामका डिफेन्डर पुष्कर दाहाल घोषित भए । प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा देउमाई नगरपालिका र सूर्योदय नगरपालिका भिड्नेछन् ।

देउमाईले चुलाचुली तथा सूर्योदयले फाकफोकथुम गाउँपालिका र माई नगरपालिका हराएका थिए । आगामी बैशाख ३१ गते हुने फाइनल खेलको बिजेताले २ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ । प्रतियोगितामा इलामका १० पालिका सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार