Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरमा किसानको उत्पादन बजारसम्म पुर्याउन कृषि एम्बुलेन्स संचालन गरिने

सन्दकपुरमा किसानको उत्पादन बजारसम्म पुर्याउन कृषि एम्बुलेन्स संचालन गरिने

  • सन्देश सम्वाददाता
  • सोमबार, बैशाख २४ २०८१


सन्दकपुरमा किसानको उत्पादन बजारसम्म पुर्याउन कृषि एम्बुलेन्स संचालन गरिने

फिक्कल । इलामको सन्दकपुर गाउँपालिकाले कृषि एम्बुलेन्स संचालनका लागि प्रस्ताव आह्वान गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को संघीय सरकारबाट हस्तान्तरण भएको सशर्त तर्फको स्वीकृत कृषि तथा पशुपन्छी बजारीकरणको लागि कृषि एम्बुलेन्स कार्यक्रम मार्फत कृषि एम्बुलेन्स संचालनको लागि प्रस्ताव माग गरेको हो ।

प्रमुख प्रशासकिय अधिकृत यादव राउतले सुचना जारी गर्दै अधिकतम ७५ प्रतिशत वा बढिमा १९ लाख ७५ हजार रुपैयाँ अनुदानमा कृषि एम्बुलेन्स (कृषि उपज ढुवानी साधन) संचालन गर्न इच्छुक कृषक समूह/कृषि सहकारीहरुबाट प्रस्ताव माग गरिएको जनाए । कृषि एम्बुलेन्स संचालन गर्न चाहनले बैशाख २३ गतेबाट १५ दिनभित्र कृषि शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

कृषि एम्बुलेन्स संचालन गर्न निवेदन सहित कृषक समूह÷कृषि सहकारीहरुको दर्ता तथा आ.व. २०८०÷८१ को नवीकरण गरेको प्रमाणपत्रको प्रतिलिपि, कार्ययोजना सहितको प्रस्ताव, स्थायी लेखा नम्बरको प्रतिलिपी, गत आर्थिक वर्षको लेखा परिक्षण र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी, सामुहिक निर्णयको प्रतिलिपी, प्रतिबद्दता पत्र , सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र र स्व–घोषणा पत्र आवश्यक रहने जनाइएको छ ।

सन्दकपुर गाउँपालिका पहाडी भूगोल भएकाले सडकको कठिनाईले गर्दा किसानहरुले उत्पादन गरेको उपज बजारसम्म लगेर विक्री वितरण गर्न समस्या पर्दै आएको थियो । एम्बुलेन्स पाएपछि स्थानीय कृषकहरु उत्पादन गर्ने सामग्री विक्री नभएर बारीमै कुहाउनुपर्ने बाध्यता अन्त्य हुने वडाध्यक्ष सनम राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार