Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

आजबाट बिब्ल्याँटे मिनी महोत्सव

आजबाट बिब्ल्याँटे मिनी महोत्सव

  • सन्देश सम्वाददाता
  • सोमबार, बैशाख २४ २०८१


आजबाट बिब्ल्याँटे मिनी महोत्सव

इलाम । इलाम नगरपालिका–५ बिब्ल्याँटेमा आजबाट रमाइलो मिनी महोत्सव सुरु हुँदै छ । हेलिबोथ फुटबल क्लबको आयोजनामा बिब्ल्याँटे रमाइलो मिनी महोत्सव २०८१ आयोजना भएको हो । महोत्सव जेठ ९ गते समापन हुने क्लबका अध्यक्ष पूर्ण फत्रले जानकारी दिए । उनका अनुसार दैनिक विभिन्न खेलकुदका कार्यक्रम सहित राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति समेत रहने छ ।

महोत्सवमा प्रमोद खरेल, श्रीकृष्ण लुइँटेल, रचना रिमाल, मेलिना राई, निशान्त भट्टराई, प्रीति आले, मन थुलु सहित द लिजर्ट ब्यान्ड को प्रस्तुति एवम् स्थानीय कलाकारहरूको प्रस्तुति रहने जनाइएको छ । महोत्सवको व्यवस्थापन कन्काई फन वर्ल्ड झापाले गरेको छ । पहिलो दिन गायक मन थुलुङ र राइजिङ क्राउन डान्स स्टुडियोको प्रस्तुती रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार