सन्दकपुर (जमुना) । इलामको सन्दकपुर गाउँपालिका ५ स्थित जमुनामा रहेको साङ्ग छोलिङ बौद्ध गुम्बा निर्माणमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको छ । गुम्बा निर्माणमा जग्गा दान दिने, आर्थिक श्रोत जुटाउन सहयोग गर्ने व्यक्तिलाई सम्मान गरिएको हो ।
सन्दकपुर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष यज्ञबहादूर गुरुङ्ग, वडा सदस्य कुमार गुरुङ्गको आथित्यतामा भएको कार्यक्रममा सन्दकपुर गाउँपालिकाका निर्वतमान अध्यक्ष उदय राई, समाजसेवी तुल बहादूर गुरुङ्ग, ठाकुर गुरुङ्ग, दिनानाथ भट्टराई, भोज बहादूर गुरुङ्ग, ओम बहादूर गुरुङ्ग, नेत्र गुरुङ्ग र कृष्ण गुरुङ्गलाई सम्मान गरिएको हो ।

उनीहरुलाई प्रमुख अतिथि वडाध्यक्ष यज्ञ बहादूर गुरुङ्ग र वडा सदस्य कुमार गुरुङ्ग सम्मान पत्र प्रदान गरेका थिए । साङ्ग छोलिङ बौद्ध गुम्बामा आयोजित कार्यक्रमको अध्यक्षता लामा गुरु लोपेन श्री साङ्गे लोगदेन गुरुङ्गले गरेका थिए भने गुम्बा व्यवस्थापन समितिका उपाध्यक्ष इन्द्र बहादूर गुरुङ्गले स्वागत मन्तव्य राखेका थिए ।

सम्मान प्रदान तथा बौद्य ग्रन्थ हस्तान्तरण कार्यक्रममा सन्दकपुर गाउँपालिका निर्वतमान अध्यक्ष उदय राई, वडा अध्यक्ष यज्ञ बहादूरु गुरुङ्ग, वडा सदस्य कुमार गुरुङ्ग, झलक राई, ज्ञानेन्द्र गुरुङ्ग, नेत्र बहादूर गुरुङ्गले गुम्बा निर्माण पर्यटन प्रवद्र्धनका लागि सहयोगी बनेको बताए । कार्यक्रमको संचालन दर्पण गुरुङ्गले गरेका थिए ।


![]()