Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई वडा कप : लवकुश निर्णायक बन्दा वडा नं १ द्धारा उपाधि रक्षा

माईजोगमाई वडा कप : लवकुश निर्णायक बन्दा वडा नं १ द्धारा उपाधि रक्षा

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख २१ २०८१


माईजोगमाई वडा कप : लवकुश निर्णायक बन्दा वडा नं १ द्धारा उपाधि रक्षा

नयाँबजार । लवकुश राईको निर्णायक गोलको मद्धतमा माईजोगमाई–१ ले वडा कपको उपाधि रक्षा छ । खेलको ५० औ मिनेटमा उनले गरेको एक मात्र गोल उपाधि जित्न निर्णायक बन्यो । उपाधिसंगै वडा नं १ ले ६० हजार प्राप्त गरेको छ । उपविजेता वडा नं ३ ले ४० हजार प्राप्त गरेको छ ।

वडा नं १ ले यसअघिको संस्करणमा समेत उपाधि जितेको थियो । प्रतियोगिताको उदियमान खेलाडी वडा नं ३ का प्रताप देवान घोषित भए । उत्कृष्ट गोलरक्षक वडा नं ३ का मिङ्मा योल्मो, उत्कृष्ट डिफेन्डर वडा नं १ का प्रज्वल दियाली, उत्कृष्ट मिडफिल्डर वडा नं १ सचिन राई, सर्वाधिक गोलकर्ता वडा नं १ का लवकुश राई र सर्वोत्कृष्ट खेलाडी वडा नं १ का कप्तान विरेन लिम्बु घोषित भए । उनीहरुले मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । फाइनल अघि माईजोगमाई गाउँपालिका कर्मचारी र माईजोगमाई गाउँपालिका खेलकुद विकास परिषद बिच मैत्रीपुर्ण खल भएको थियो । खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेले ।

माईजोगमाई गाउँपालिका खेलकुद विकास परिषदको आयोजनामा गत बैशाख १९ गतेबाट संचालन भएको प्रतियोगिताबाट आगामी २५ गतेबाट हुने दोश्रो माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका फुटबलको आयोजक टिम तयार गरिनेछ । परिषदका अध्यक्ष देवेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आतिथ्यता र उपाध्यक्ष प्रविना राई र कार्यवाहक प्रमुख प्रशासकिय अधिकृत गोकुल प्रसाद सञ्जेलको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा नं १ का वडाध्यक्ष यामकुमार कार्की, वडा नं ३ का वडाध्यक्ष राम घिमिरे, वडा नं ४ डुरन देवान, वडा नं ५ का वडाध्यक्ष निर्मलध्वज राईको आतिथ्यता रहेको थियो । गाउँपालिका उपाध्यक्ष प्रविना राईले स्वागत मन्तव्य राखेको कार्यक्रममा गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम परिषदका सचिव महेशचन्द्र सापकोटाले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार