Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

मेची अञ्चल स्तरीय मेयर कपमा अर्जुनधारा विजयी

मेची अञ्चल स्तरीय मेयर कपमा अर्जुनधारा विजयी

  • सन्देश सम्बाददाता
  • बुधबार, फाल्गुन २३ २०७४


मेची अञ्चल स्तरीय मेयर कपमा अर्जुनधारा विजयी

इलाम । करफोकमा जारी प्रथम सुर्योदय मेयरकप फुटबल अन्र्तगत बुधबारको खेलमा अर्जुनधारा नगरपालिका विजयी भएको छ ।
करफोक विद्यामन्दीरको खेल मैदानमा सम्पन्न खेलमा इलाम नगरपालिकाको चुनौती १–० ले पन्छाउँदै अर्जुनधारा क्वाटर फाईनलमा प्रवेश गरेको हो ।
खेलको ७२ औ मिनेटमा कप्तान पुष्प मादेनको गोल नै निर्णयक बन्यो । खेल अवधीभर दुबै टिमले पाएका आधा दर्जन अवसर सदुपयोग गर्न सकेनन् ।
प्रतियोगिता अन्तरगत पहिलो कवाटर फाईनलमा फागुन २५ गते आयोजक सुर्योदय नगरपालिकाले कनकाई नगरपालिकाको सामना गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार