नयाँबजार । माईजोगमाई वडा कपमा वडा नं १ र ३ बिजयी बन्दै सेमिफाइनल प्रवेश गरेका छन् । बालागुरु खेलमैदानमा आजबाट सुरु भएको प्रतियोगिता उद्धघाटन खेलमा वडा नं २ लाई १–० गोल अन्तरले हराउँदै वडा नं १ ले अन्तिम ४ मा स्थान सुरक्षित गरेको छ । वडा नं १ को जितमा चिरन राईले गोल गरे । खेलको ४५ औ मिनेटमा पेनाल्टी मार्फत पाएको अवसरलाई जाली चुमाउँदै राईले गोल गरे । उनको गोल नै सेमिफाइनल पुग्न निर्णायक बन्यो ।
दोश्रो खेलमा टाइब्रेकरमा वडा नं ५ लाई हराउँदै वडा नं ३ ले समेत सेमिफाइनलमा स्थान बनाएको छ । निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । दोश्रो संस्करणको माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको पुर्वसन्ध्यामा आयोजित प्रतियोगिताको सेमिफाइनलमा वडा न. १ ले वडा नं ६ र वडा नं ३ ले वडा नं ४ संग प्रतिस्पर्धा गर्नेछ ।
आगामी बैशाख २५ गतेबाट संचालन हुने अन्तरपालिका फुटबलको लागि माईजोगमाई गाउँपालिका टिम निर्माण गर्न वडा कप आयोजना गरिएको हो । माईजोगमाई खेलकुद विकास परिषदको आयोजनामा प्रतियोगितामा संचालन भएको हो । परिषदका उपाध्यक्ष सुनिल लिङदमको अध्यक्षतमा भएको उद्धघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै थेवेले इलाममा खेलकुदमा सवैभन्दा बढि बजेट विनियोजना गर्ने पालिका माईजोगमाई भएको बताए ।
उनले उमेर समुह र महिला फुटबल मात्र भएर विभिन्न खेलमा पालिकाको तर्फबाट प्रतियोगिता आयोजना गर्न बजेट विनियोजन गरिएको बताए । कार्यक्रममा क्लबका सचिव महेशचन्द्र सापकोटाले स्वागत मन्तव्य राखेका थिए । आगामी २५ गतेबाट अन्तरपालिका फुटबल संचालन हुँदैछ ।
माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजार स्थित बालगुरु खेलमैदान संचालन हुने प्रतियोगितामा इलामका १० पालिकाको सहभागिता रहनेछ । प्रतियोगिताको बिजेताले २ लाख ११ हजार १ सय ११ र उपविजेताले १ लाख २१ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ ।