Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपाल नगरपालिका संघ नेपाल प्रदेश एककाे अध्यक्षमा महेश बस्नेत

नेपाल नगरपालिका संघ नेपाल प्रदेश एककाे अध्यक्षमा महेश बस्नेत

  • सन्देश सम्बाददाता
  • बुधबार, फाल्गुन २३ २०७४


नेपाल नगरपालिका संघ नेपाल प्रदेश एककाे अध्यक्षमा महेश बस्नेत

इलाम । नेपाल नगरपालिका संघ नेपालको प्रदेश एक स्तरिय भेला १४ सदस्य समन्वय समिति चयन गर्दै आज सम्पन्न भएको छ । विराटनगरमा सम्पन्न भेलाले इलाम नगरपालिका प्रमुख महेश बस्नेतको संयोजकत्वमा समन्वय समिति चयन गरेको हो ।

समितिको सहसंयोजकमा मेचि नगरपालिका प्रमुख विमल आर्चाय रहनु भएको छ ।यस्तै सदस्यहरुमा मन्जु भण्डारी ९सुवेदी० धरान उपमहानगर उपप्रमुख ,वम चिन्तन तामाङ्ग धनकुटा नगरप्रमुख ,ज्ञानेन्द्र श्रेष्ठ कटारी नगरप्रमुख , विणा देवि राई दिक्तेल मझुवाकोट नगर उपप्रमुख ,चन्द्र शेर्मा शिवसतासी नगर प्रमुख, पवित्रा महत्तरा विर्तामोड नगर उपप्रमुख, खड्ग फागो उर्लाबारी नगर प्रमुख , राजन मेहेता इनरुवा नगर प्रमुख , रिता कुमारी चौधरी चौदण्डि नगर उपप्रमुख, पावर्ती पौडेल म्याङ्गलुङ्ग नगरउपप्रमुख, सुनिता दाहाल शाह दुहवी नगरउपप्रमुख लगायत रहनुभएको छ ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक वेन्जुको अध्यक्षता तथा प्रदेश एकका मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार