Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

जनताको अवस्था परिवर्तनका लागि बाम एकता : माओवादी नेता धिरेन्द्र सर्मा

जनताको अवस्था परिवर्तनका लागि बाम एकता : माओवादी नेता धिरेन्द्र सर्मा

  • सन्देश सम्बाददाता
  • मंगलबार, बैशाख १८ २०८१


जनताको अवस्था परिवर्तनका लागि बाम एकता :  माओवादी नेता धिरेन्द्र सर्मा

इलाम । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धिरेन्द्र सर्माल (रमन)ले जनताको अवस्था परिवर्तनका लागि बाम एकता आवश्यकता रहेको बताएका छन् । एमाले, माओवादी केन्द्र, बिप्लव नेतृत्वको नेकपा र नेकपाल परिवार दलको तर्फबाट इलामको उपचुनावका साझा उमेद्धवार सुहाङ नेम्बाङको बिजय सभामा बोल्दै नेता सर्माले बाम एकता वा सहकार्यले मात्रै जनताको अवस्था परिवर्तन हुने बताए ।

इलामको चोक बजारमा आयोजित चुनावी सभामा बोल्दै नेता सर्माले इलामको उप चुनावले पनि बाम एकताको आवश्यकता पुष्टि गरेकाले त्यसका लागि नेतृत्व पक्ति एक भएर लाग्नुपर्ने बताए । बिजय सभामा नेकपाका नेता सुमनसिंह पौडेलले बाम एकताका लागि बामपन्थि दलहरु एक भएर लाग्नुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार