Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

माओवादीका केन्द्रीय सदस्य रमण भन्छन् : सुहाङको जीत बामपन्थीहरुको वृहतर एकताको आधार

माओवादीका केन्द्रीय सदस्य रमण भन्छन् : सुहाङको जीत बामपन्थीहरुको वृहतर एकताको आधार

  • सन्देश सम्वाददाता
  • मंगलबार, बैशाख १८ २०८१


माओवादीका केन्द्रीय सदस्य रमण भन्छन् : सुहाङको जीत बामपन्थीहरुको वृहतर एकताको आधार

इलाम । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमणले सुहाङ नेम्वाङको जीत बामपन्थीहरुको वृहतर एकताको आधार भएको बताएका छन् । उनले नेम्वाङको जीतसंगै बामपन्थीहरुलाई एकताको सुत्रमा बाध्ने कार्य अघि बढको बताए ।

‘जनतामा हिजोबाट बाम जनमत छ । हिजो पनि नेकपा एमाले र माओवादी केन्द्र बिच २०७४ को चुनावी तालमेलपछि पार्टी एकताको उत्साह थियो । इलामको उपनिर्वाचनमा माओवादीले एमाले उम्मेदवारलाई सघाउने समझदारीपछि निर्वाचनको तयारी र निर्वाचनमा हिड्दा जनतामा त्यही उत्साह पाएको छु ।’ उनले भने

आज विहान सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै सुहाङ विजयी भएका थिए । उनले २७ हजार ७ सय ७२ मत पाउँदा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत ल्याए । नेम्वाङलाई माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी र परिवार दलको समर्थन रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार