Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाम–२ : एमालेको कान्छा सांसद सुहाङको राजनीतिक र सामाजिक यात्रा

इलाम–२ : एमालेको कान्छा सांसद सुहाङको राजनीतिक र सामाजिक यात्रा

  • नमीन ढकाल
  • मंगलबार, बैशाख १८ २०८१


इलाम–२ : एमालेको कान्छा सांसद सुहाङको राजनीतिक र सामाजिक यात्रा

इलाम । इलाम–२ बाट ५ हजार ८ सय ३० मतान्तरले सुहाङ नेम्वाङ प्रतिनिधिसभामा बिजयी भए । उनको बिजयले इलाममा नेपाली कांग्रेसको अवस्थालाई समेत झल्काएको छ । २०७९ सालको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सुवास नेम्वाङसंग ११४ मतले पराजित बनेका डम्बर खड्का अहिले छोरा सुहाङ संग फराकिलो मतले पराजित बने ।

३४ बर्षिय सुहाङ संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र विशाल नेम्वाङका कान्छा सुपुत्र हुन् । भदौ २५ गते सुवास नेम्वाङको असामयिक निधनपछि इलाम–२ मा एमालेका विरासत जोगाउने अभिभारा नेकपा एमालेले सुहाङलाई सुम्पिएको थियो । कानुनमा बिएएलएल गरेका उनी खेलकुदवृतमा स्र्पोटिङ इलाम एफसी डि मेचीको अध्यक्षको रुपमा परिचित छन् ।

बुवा राजनीतिमा पूर्णकालीन भएकाले त्यसको रूपरङ र कम्युनिस्ट शब्दावलीसँग पनि परिचित र अन्तरघुलित हुने सानैबाट मौका पाए । ३४ बर्षिय सुहाङको परिवारमा कानुनको तीन पुस्ते साइनो छ । उनको हजुरबुवा रामबहादुर नेम्वाङ इलाम जिल्ला अदालतका न्यायाधीश थिए । पुख्यौली थलो इलाम नगरपालिका–७ सुन्तलाबारी भएपनि काठमाण्डौको परिवेशमा सुहाङ हुर्किए ।

निम्न माध्यमिक तहसम्मको शिक्षा उनले ग्यालेक्सी पब्लिक स्कुलबाट पूरा गरे । माध्यमिक तहको शिक्षा जगत मन्दिरबाट सिध्याए । प्लस टु शिक्षाका लागि ज्ञानोदय बालबालिटा रोजे । त्यसपछि उनको कानुनी शिक्षाको यात्रा सुरु हुन पुग्यो । काठमाण्डौ स्कुल अफ ल मा बिएएलएलको शिक्षा सम्पन्न गरेपछि उनको अधिवक्ताको बाटो खुल्ला हुन पुग्यो । राजनीतिक परिवारमा हुकिएपछि घरमा प्राय जसो हुने राजनीतिक छलफल र बहसलाई उनले नजिकैबाट नियाल्ने मौका समेत पाए ।

समय मिल्ना साथ बुबासंग नेपाली राजनीतिक घटनाक्रम र परिर्वतनको बारेमा छलफलमा जुट्न गरेका थिए । बाल्यकालबाटै कम्युनिष्ट पृष्ठभुमीमा हुर्किएपनि २०६८ सालमा नेकपा एमालेको सदस्यता लिएका हुन् । गत प्रतिनिधि सभाको निर्वाचनमा इलामका पाखा–पखेरा डुल्दा त्यहाँका विषमताबारे उनी परिचित बनेका थिए । सुहाङले टिकट पाएसंगै कतिपयले राजतन्त्रको अवशेष भन्दै आलोचना समेत गरेका छन् । यसलाई चिर्दै आफुलाई सक्षम उम्मेदवारको रुपमा परिचित गरेर जनमत जित्नु सुहाङको लागि चुनौतीको रुपमा देखिएको थियो ।

सुवास नेम्वाङलाई २४ बर्ष लगातार सांसदको रुपमा उभ्याएको इलाम–२ मा कम्युनिष्ट विरासत जोगाउनु अर्को चुनौतीको रुपमा देखिएको थियो । बाबुसंग ११४ मतले मात्र हारेका उम्मेदवार विरुद्ध जित्न सुरुवातमा सुहाङलाई सहज नहुने देखिएको थियो । त्यस माथि पनि पहिचानको मुद्धा कोशी प्रदेशमा पेचिलो बनिरहेको अवस्थामा एमालेको मत धेरै काटिने आंकलन गरिएको थियो । अर्को तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले समेत प्रभाव पार्ने अनुमानलाई गलत सावित गराए । नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी र परिवार दलको साथ पाएपछि उनले सहज रुपमा कांग्रेस, पहिचानवादी र रास्वपाका उम्मेदवारलाई हराए ।

उनको जितको आधार भनेको बलियो पार्टी संगठन नै हो । अघिल्लो निर्वाचनमा समेत नेकपा एमालेबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले ३० हजार २० मत पाएका थिए । यस पटक माओवादीको ५ हजार १ सय मतको साथ सुहाङले पाएका थिए । पहिचानवादीले केही मत प्रभावित पारेपनि सुहाङको जितमा असर नपुगेको देखिन्छ । इलाम र त्यहाँको युवा पंक्तिसँग जोडिन उनले स्पोर्टिङ इलाम फुटबल क्लब स्थापना गरेका छन् ।

इलाममा असोज देखि चैत्रसम्म फुटबलको माहोल चल्ने गर्छ । सुहाङ बुबाको निधन लगतै इलाममा हुने गोल्डकप र टोलकपमा पुगेर खेलाडीहरुको हौसला बढाइरहेका थिए । अन्य उम्मेदवारहरु मतदाताको पुग्ने तयारीमा रहँदा सुहाङ ७ महिना देखि इलाम–२ का भु–भागमा पुगिरहेका थिए । बुबा सुवाचन्द्र झै सुहाङ वाकपटुताका लागि माहिर छन् । नम्र स्वभावका कारण चाडै मतदातालाई रिझाउन सक्ने खुवी उनीमा छ । जसका कारण मत आफ्नो पक्षमा पारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार