इलाम । पहिचानवादीका तर्फबाट उम्मेदवार बनेका डकेन्द्रसिंह थेगिमले एउटै वडामा ८६ प्रतिशत मत प्राप्त गरेका छन् । किरात धर्मगुरु आत्मानन्द लिङदेनको आश्रम रहेको माङसेबुङ गाउँपालिका–५ मा थेगिमले १ हजार ३२ मत प्राप्त गर्दा नेकपा एमालेका सुहाङ नेम्वाङले ६९ र नेपाली कांग्रेसका डम्बर खड्काले ४९ मत प्राप्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ३ मत पाए । उनी भन्दा बढि स्वतन्त्र उम्मेदवार राज वश्यालले ८ मत, अर्जुन बहादुर शाहीले ५ र नेपाली जनता दलका रेशम बहादुर सुनारले ४ मत पाए । माङसेबुङ–५ मा कुल २ हजार ७ मतदाता रहेकोमा १ हजार १ सय ९२ मत खसेको थियो । सो वडामा १७ मत बदर भएको छ ।