इलाम । इलाम २ को मतगणना जारी रहँदा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङले अग्रता कायम गरेका छन् । फाकफोकथुम गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडाहरुको मतगणना भइसक्दा सुहाङले काँग्रेसका उम्मेद्वार डम्बर खड्कालाई ३४५ मतान्तरले पछि पारेका हुन् । अहिलेसम्म सुहाङले २५४२ मत प्राप्त गरेका छन् ।
काँग्रेसका खड्काले २१९७ मत पाएका छन् । त्यस्तै पहिचानवादीका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ५९३ र रास्वपाका मिलन लिम्बुले ३७९ मत प्राप्त गरेका छन् । इलाम २ मा हिजो भएको मतदानमा ६९ हजार २८७ जनाले मतदान गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।