फिक्कल । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सूर्योदय नगरपालिका–१० को सिद्धि बिनायक टी इन्डस्ट्रिजलाई सम्मान गरेको छ । विकास बोर्डले शनिबार २८ औँ राष्ट्रिय चिया दिवसको अवसरमा उत्कृष्ट चिया उद्योग (अर्थोडक्स) सम्मान गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले इन्डस्ट्रिजका दिनेश अग्रवाललाई सो सम्मानपत्र प्रदान गरिन् ।
पहाडी क्षेत्रमा गुणस्तरिय अर्थोडक्स चिया उत्पादन गरी चियाको मूल्य शृंखलामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सिद्धि बिनायक सम्मानित भएको जनाइएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा। दिपक खनालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।