Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाम–२ : स्वतन्त्र उम्मेदवार लिम्बूले गरे मतदान

इलाम–२ : स्वतन्त्र उम्मेदवार लिम्बूले गरे मतदान

  • सन्देश सम्वाददाता
  • शनिबार, बैशाख १५ २०८१


इलाम–२ : स्वतन्त्र उम्मेदवार लिम्बूले गरे मतदान

इलाम । इलाम २ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले मतदान गरेका छन् । उनले आफ्नै जन्म गाउँ फाकफोकथुम ३ सिंहदेबी मा बि (क) बाट मतदान गरेका हुन् । यसअघि कांग्रेस उम्मेदवार डम्बर खड्का, एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र रास्वपाका उम्मेदवार मिलन लिम्बुले पनि आ–आफ्नो निर्वाचन केन्द्रमा मतदान गरिरहेका छन् ।

जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार