इलाम : इलाम क्षेत्र नं। २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा रास्वपाका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले मतदान गरेका छन्। उनले माङसेबुङ गाउँपालिका–२ दहगाउँ स्थित जनता कल्याण आधारभूत विद्यालयमा मतदान गरेका हुन्।
इलाम-२ मा लिम्बू, नेकपा एमालेका सुहाङ नेम्वाङ र नेपाली कांग्रेसका डम्बर खड्कासहित १९ उम्मेदवार प्रतिस्पर्धामा छन्।