करफोक । करफोकमा जारी प्रथम सुर्योदय मेयरकप अन्र्तगत मंगलबारको खेलमा विर्तामोड नगरपालिका बिजयी बन्दै सेमीफाइनल प्रवेश गरेको छ । विर्तामोडले फिदिम नगरपालिकाको चुनौती १–० ले पन्छायो ।
खेलको २१ औ मिनेटमा जर्सी नं ९ का विकेश लिम्बुले गरेको गोल नै निर्णायक रहयो । फिदिमले झापा–११ का खेलाडी सहित मैदान उत्रिएको विर्तामोडलाई दबाबमा राखेपनि गोल गर्न नसक्द पहिलो चरणबाट बाहिरियो ।
गोलकिपर विट भएको अबस्थामा पाएका आधा दर्जन अबसर फिदिमका खेलाडीले सदुपयोग गर्न सकेनन् । मेची अञ्चलका ११ नगरपालिका सम्मिलित प्रतियोगिताको बिजेताले नगद १ लाख २५ हजार र उपविजेताले नगद ८५ हजार सहित शिल्ड, मेडल प्राप्त गर्नेछन ।
प्रतियोगिता अन्र्तगत बुधवार अर्जनधारा नगरपालिका र इलाम नगरपालिकाबिच प्रतिस्पर्धा हुनेछ ।