इलाम । नेकपा एमालेले भोली चुलाचुली गाउँपालिकामा उपनिर्वाचन लक्षित बृहत चुनावी सभा गर्ने भएको छ । चुलाचुली गाउँपालिका–२ स्वामीचोकमा चुनावी सभा गर्ने भएको हो । चुनावीसभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले सम्बोधन गर्ने भएका छन् ।
त्यसैगरी चुनावीसभामा हास्य कलाकार राजा राजेन्द्र पोखरेलको प्रस्तुती समेत रहनेछ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई नेकपा माओवादी केन्द्र, नेकपा माओवादी र नेपाल परिवार दलको समर्थन रहेको छ । भोलीबाट मौन अवधि लाग्ने भएकाले सबै दलले बैशाख १२ गते राती १२ बजेसम्म मात्र चुनाव प्रचारपसार गर्न पाउने छन् ।