Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

मतदातामा पुग्दै गठबन्धनका उमेद्धवार सुहाङ नेम्बाङ (तस्बिरहरु)

मतदातामा पुग्दै गठबन्धनका उमेद्धवार सुहाङ नेम्बाङ (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • सोमबार, बैशाख १० २०८१


मतदातामा पुग्दै गठबन्धनका उमेद्धवार सुहाङ नेम्बाङ (तस्बिरहरु)

इलाम । बैशाख १५ मा हुने इलाम क्षेत्र नम्बर २ को उप चुनावको नजिकिएसँगै सबै उमेद्धवार अहिले जनताका घरदैलोमा मत माग्न व्यस्त छन् । ७ स्वतन्त्र सहित १९ जना चुनावि मैदानमा उत्रिएका इलाम क्षेत्र नम्बर २ मा १२ गते राति १२ बजेसम्म मात्रै चुनाव प्रचारप्रसारको काम गर्न पाइन्छ ।

मौन अवधि नजिकिएसँगै नेकपा एमाले, माओवादी केन्द्र, विप्लव नेतृत्वका नेकपा र परिवार दलको समर्थनमा चुनावमा उत्रिएका सुहाङ नेम्बाङ अहिले मतदाताका घरदैलोमा पुग्ने क्रम बढेको छ । नेकपा एमालेका उमेद्धवार नेम्बाङको पक्षमा अन्य तीन दलले जीत निकाल्न सक्रियताका साथ लागि परेका छन् ।

चुनाव प्रचारका कामलाई तिब्रता दिन अहिले उमेद्धवार नेम्बाङ सहितको टोली गाउँ गाउँमा गएर मतदाताकहाँ मत माग्न व्यस्त रहेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व प्रदेशसभा सदस्य धिरेन्द्र सर्मा रमनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार