Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन इलामको समृद्धिका आधार : उम्मेदवार सुहाङ

शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन इलामको समृद्धिका आधार : उम्मेदवार सुहाङ

  • सन्देश सम्वाददाता
  • शनिबार, बैशाख ८ २०८१


शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन इलामको समृद्धिका आधार : उम्मेदवार सुहाङ

इलाम– इलाम क्षेत्र २ को उपनिर्वाचनमा नेकपा ९एमाले०बाट उम्मेदवार बनेका युवा सुहाङ नेम्बाङले इलामको समृद्धिका लागि मुख्य चार क्षेत्रलाई आफूले ध्यान दिएको बताएका छन् । उनले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन इलामको समृद्धिका आधार भएकाले आफूले विशेषगरी यी क्षेत्रलाई प्राथमिकता दिने बताए ।

चुनावी घरदैलोक्रममा आज (शनिबार) इलाम नगरपालिकाको सोयाकका मतदातासँग कुरा गर्दै सुहाङले तर यी पूर्वाधार तयार गर्न सडक पहिलो आवश्यकता भएको पनि बताए । ‘इलाम हरेक क्षेत्रमा सम्भावनै सम्भावनाको खानी हो,’ उनले भने, ‘तर, मुख्यगरी शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनबाट इलामको समृद्धि हासिल गर्न सकिन्छ भन्ने जगजाहेरै छ ।’

उनले कतिपय काम सुरुआतसमेत भइसकेको भन्दै ती कामलाई पूर्णता दिन आफू र आफ्नो दल लागिरहेको बताए । ‘धेरै काम त सुरु भएकै छन् तर ती कामलाई कसरी छिटो र छरितो हिसाबले अघि बढाउने भन्नेमा तपाइँहरूसँगै सुझाव लिनेछौं,’ उनले भने, ‘इलामको विकासका लागि प्रतिनिधिसभामा कुरा राख्ने मौका दिनुभयो भने सहज रूपमा सबै काम सम्पन्न हुनेछन् ।’

 सुहाङले नेपालको संविधान निर्माणको श्रेय इलाम २ का एक–एक मतदातालाई दिनुपर्ने पनि बताए । उनले  मतदाताको एक–एक मतले नेपालको संविधानसभामा सहभागिता जनाउनमात्र नभई नेतृत्व नै गर्ने अवसर दिएकाले यहाँका मतदाता त्यसको प्रत्यक्ष हिस्सेदार भएको पनि बताए । उनले निर्वाचित प्रतिनिधिले संविधान, कानुन बनाउनेमात्र नभई विकासका महत्वपूर्ण कामसमेत थालनी गरेको बताए ।

‘विजयी भएर बुबा (सुवासचन्द्र नेम्बाङ) ले थाल्नुभएका कतिपय कामले अझै पूर्णता पाउन सकेका छैनन् भन्ने मलाई थाहा छ,’ उनले भने, ‘ती काम पूरा गर्ने जिम्मा अब एमालेलाई छ र मलाई छ । हाम्रै काँधमा आएको छ ।’

उनले अहिलेसम्म सुरु भएका कामलाई पूूंर्णता दिने र नयाँ काम सुरु गर्नेगरी पार्टीले प्रतिबद्धतापत्र ल्याइसकेको पनि बताए । ‘तपाइँहरूले चुनावी अभियानक्रममा राख्नुभएका एक–एक काम म बिर्सिने छैन,’ उनले भने, ‘तपाइँहरूका आवश्यकता र चाहना सबै टिपोट गरेको छु, सबै पूरा गर्नेगरी काम अघि बढाउनेछु ।’

प्रतिक्रिया
सम्बन्धित समाचार