इलाम– इलामस्थित नेपाली कांग्रेस सभापति तथा आउँदो १५ गते हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका उम्मेदवार डम्बरबहादुर खड्काले इलामको शिर ठाडो हुनेगरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । उम्मेदवार खड्काले इलाम लामो समयदेखि विकासमा पछि परेको भन्दै इलामबासीका समस्यामा आफूले सधैं साथ दिइरहेको बताए ।
पार्टीले आज (शनिबार) इलाम बजारमा आयोजना गरेको चुनावी सभामा खड्काले जस्तोसुकै संकटमा पनि आफूले इलामबासीको सेवा गरेको बताए । ‘फेरि पनि इलामबासीको सहयोग गर्ने अवसर दिनुुहुनेछ भन्ने विश्वास लिएको छु, यसपटक मलाई विजयी गराएर सहयोग गरिदिनुस्,’ उनले भने, ‘डम्बर खड्का तपाइँको आशामात्रै होइन, भरोसा हो, भरोसा गर्नुस् ।
उनले पहिचानको मुद्दामा पनि कांगे्रेस सँगै रहेको बताए । उनले इलामको विकासमा धेरै काम हुन बाँकी रहेको भन्दै आफू निर्वाचित भए विकासका काममा सक्रिय भएर लागिपर्ने प्रतिबद्धता पनि गरे ।