Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

थेगिमको उम्मेदवारी फिर्ता गराउन खोजियो : हर्क साङपाङ

थेगिमको उम्मेदवारी फिर्ता गराउन खोजियो : हर्क साङपाङ

  • सन्देश सम्बाददाता
  • मंगलबार, बैशाख ४ २०८१


थेगिमको उम्मेदवारी फिर्ता गराउन खोजियो : हर्क साङपाङ

इलाम : इलाम–२ मा पहिचान पक्षधरको साझा उम्मेदवार बनेको डकेन्द्रसिं थेगिमको उम्मेदवारी फिर्ता गराउन खोजिएको धरानका नगर प्रमुख हर्क साम्पाङले आरोप लगाएका छन् । पहिचान पक्षधर ४१ घटकका साझा उम्मेदवार थेगिमलाई मन्त्रीहरू नै आएर विभिन्न प्रलोभन देखाइ उम्मेदवारी फिर्ता गराउन खोजेको साङपाङले आरोप लगाएका छन् ।

इलाममा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साङपाङले पैसासँग पहिचान कसैले बेच्न नहुने तर्क गरे । उनले भने, ‘पहिचानवादीको इतिहास लेख्न एउटा अक्षरको रूपमा तपाईं जोडिनुहोला । जसरी इतिहास लेख्न धरानबाट आएर एउटा अक्षरको रूपमा म जोडिएको छु ।’

थेगिमको चुनावी सभामा बोल्दै भद्रप्रसाद (स्वागत) नेपालले दलहरूलाई ठगको संज्ञा दिए । प्रतिनिधि सभा निर्वाचनमा सभामुख देवराज घिमिरेसँग स्वतन्त्र उम्मेदवारको रूपमा झापामा प्रतिस्पर्धा गरेका नेपालले ‘ठग व्यवस्था’को अन्त्यको लागि थेगिमको समर्थनमा उभिएको बताए ।

आख्यानकार युग पाठकले समेत थेगिमको पक्षमा मत मागे । लामो समयदेखि राज्यसत्तामा बसेकाहरूले जनताको ‘शीर ढाल्ने काम’ गरेकोले नै पहिचानको पक्षमा आफू उभिएको पाठकले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार