Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सुहाङ नेम्बाङलाई जिताउन माओवादी केन्द्र एक ठिक्का भएर लाग्छ : उपमहासचिव हरिबोल गजुरेल

सुहाङ नेम्बाङलाई जिताउन माओवादी केन्द्र एक ठिक्का भएर लाग्छ : उपमहासचिव हरिबोल गजुरेल

  • सन्देश सम्बाददाता
  • सोमबार, बैशाख ३ २०८१


सुहाङ नेम्बाङलाई जिताउन माओवादी केन्द्र एक ठिक्का भएर लाग्छ : उपमहासचिव हरिबोल गजुरेल

इलाम । नेकपा माओवादी केन्द्रका उप महासचिव हरिबोल गजुरेलले बैशाख १५ को उप–चुनावमा एमालेका उमेद्धवार सुहाङ नेम्बाङको बिजय सुनिश्चि रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ इलामका शाखाको हलमा प्रेश सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मोलनमा माओवादी केन्द्र कोशी प्रदेश समितिका इञ्चार्ज समेत रहेका गजुरेलले सुहाङ नेम्बाङको उमेद्धवारी छनौट हुँदै गर्दा एमाले र माओवादीमा केहि असन्तुष्टि भएपनि अहिले हल भएर गएकाले बिजय सुनिश्चित रहेको बताए । एमाले र माओवादी केन्द्रका साझा उमेद्धवार सुहाङ नेम्बाङको पक्षमा जनलहर आएकाले जीत सुनिश्चित भएको उनले बताए ।
अहिलेको गठबन्धनमा आवद्ध दलका नेताहरु पुराना घटनाक्रमबाट शिक्षा लिँदै बामपन्थि आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउन तयार भई सहकार्यको हात अघि बढाएको उप महासचिव गजुरेलले दाबी गरे । अहिलेको सहकार्य प्रधानमन्त्रीको पद जोगाउन मात्रै नभएको भन्दै उपमहासचिव गजुरेलले भने– बामपन्थि आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउन एमाले माओवादी पार्टीका नेतृत्वहरु तयार भएका छन् ।

इलामको उप चुनावमा सुहाङ नेम्बाङको बिजयले बामपन्थि आन्दोलन अघि बढाउन र सरकारलाई दरिलो बनाउन सहयोग पुग्ने उनले बताए । इलामको उप चुनावको अवस्थाका बारेमा जानकारी लिन पूर्व कृषि मन्त्री समेत रहेका हरिबोल गजुरेल, नेकपा माओवादी केन्द्र प्रदेश सह–इञ्चार्ज सावित्रिकुमार काफ्ले, प्रदेश अध्यक्ष हर्क बहादूर नेम्बाङ, केन्द्रिय सदस्य रञ्जित तामाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार