Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

ताना शर्मा गृह जिल्ला इलाममा सम्मानित

ताना शर्मा गृह जिल्ला इलाममा सम्मानित

  • सन्देश सम्वाददाता
  • आइतबार, फाल्गुन २० २०७४


ताना शर्मा गृह जिल्ला इलाममा सम्मानित

इलाम, :  प्रगतिशिल लेखक संघ (प्रलेस) इलाम शाखाले वरिष्ठ साहित्यकार तथा लेखक तारानाथ शर्मालाई आईतबार इलाम सदरमुकाममा एक कार्यक्रमको बिच सम्मान गरेको छ ।

वि.सं.१९९१ साल असार ९ गते इलामको बरबोटेमा जन्मिएका साहित्यकार शर्मा नेपाली र अंग्रेजीभाषाको ज्ञाता समेत हुन् । साहित्यकार शर्माले वि.सं.२०१८ सालमा प्रगतिशिल लेखक संघमा समेत कार्यरत थिए ।

इलाम जिल्लाबाट प्रसिद्ध मदन पुरस्कार प्राप्त गर्ने चार जना साहित्यकारहरु मध्ये शर्मा पनि एक हुन् । मदन पुरस्कार प्राप्त गर्ने अन्य इलामे साहित्यकारहरुमा महानन्द सापकोटा, जनकराज शर्मा र युवराज नयाँघरे हुन् ।

प्रलेस इलाम शाखाका अध्यक्ष डा.देवी क्षेत्री दुलालको अध्यक्षतामा भएको कार्यक्रममा इलाम निर्वाचन क्षेत्र नं. २ (क) का प्रदेश सभासद राम राना, इलाम नगरपालिकाका मेयर महेश बस्नेत, इतिहासविद युद्धप्रसाद वैद्य, प्रलेसका पुन्य घिमिरे, बुद्धि घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष टीका घिमिरे, भानु प्रतिमा संरक्षण तथा साहित्य समितिकाअध्यक्ष बिमल वैद्य लगायत अन्य साहित्यकार तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार