Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

टाेल स्तरिय फुटबलमा ३ खेल सम्पन्न

टाेल स्तरिय फुटबलमा ३ खेल सम्पन्न

  • राेशन काफ्ले
  • बुधबार, चैत्र २८ २०८०


टाेल स्तरिय फुटबलमा ३ खेल सम्पन्न

नयाँबजार । इलामको माइजोगमाई ३ चित्रे स्थित बौद्ध आधारभुत विद्यालयको खेलमैदानमा जारी नयाँबर्षको अवसर पारेर माईजोगमाई टोलस्तरिय पुरुष तथा महिला फुटबलमा बुधबार तीन खेलहरु भएको छ । पहिलो खेलमा न्यु स्टार सोयाङ र युवा शक्ति माईजोगमाई-३ बिच भएको थियो । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछी ट्राइबेकरमा न्यु स्टार सोयाङले युवा शक्तिलाई ३/० गोल अन्तरले पराजित गरेकाे छ । खेलको म्यान अब द म्याच न्यु स्टारका गोल रक्षक अनुप तामाङ घोषित भए ।
दोस्रो खेलमा युनाइटेड जोगमाई र लभ्ली युवा क्लब बिच भएको खेलमा युनाइटेड जोगमाइले लभ्ली युवा क्लबलाई १-० गाेल अन्तरले गर्दै हराएकाे छ। दोस्रो खेलको म्यान अफ द म्याच युनाइटेडका बिजय राई घोषित भए ।
माईजोगमाई-१ र पूर्व छितिज बिच भएको अन्तिम खेलमा माईजोगमाई १ लाई २ / १ गोल अन्तरले पराजित गर्दै पुर्व छितिजले जित आफ्नो पक्षमा पार्न सफल भयो खेलको म्यान अफ द म्याच पुर्व क्षितिजका अबिनास राई घोषित भए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार