Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र २७ २०८०


उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

इलाम । उपनिर्वाचनका लागि मंगलबार उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ। निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ।

त्यसअघि उम्मेदवारी फिर्ता गर्न चाहेका बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । उपनिर्वाचन हुने इलाम-२ मा २० र बझाङ १ (१) मा १२ जनाले उमेदवारी दर्ता गराएका छन्। २०८१ वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने आयोगको कार्यतालिकामा उल्लेख छ।

एमालेका सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि इलाम-२ माउपचुनाव हुन लागेको हो। यस्तै नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधन भएकाले बझाङ १ (१) मा उपचुनाव हुन लागेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार