इलाम । नेपाल समाजवादी पार्टी नेसपा ले इलाम–२ को उपनिर्वाचनमा डकेन्द्रसिं थेगिमलाई समर्थन गर्ने निर्णय गरेको छ । थेगिम स्वतन्त्र उम्मेदवार हुन् । परम्परागत राजनीतिक दलहरूको सिण्डिकेट, सत्तास्वार्थ र संसदीय राजनीतिको चुंगुलबाट मुलुकलाई निकाल्न थेगिमलाई गरेको समर्थनले इट्टा थप्ने नेसपाले जनाएको छ । नेसपाले पहिचान र सामर्थ्य सहितको संघीयता, सुशासन, समुन्नत समाजवादको लागि थेगिमलाई समर्थन गर्ने निर्णय गरेको उल्लेख गरेको छ । आगामी १५ वैशाखमा इलाम–२ मा उपनिर्वाचन हुँदैछ ।