Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

कांग्रेसबाट इलाम–२ मा सभापति खड्का उम्मेदवार

कांग्रेसबाट इलाम–२ मा सभापति खड्का उम्मेदवार

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र २२ २०८०


कांग्रेसबाट इलाम–२ मा सभापति खड्का उम्मेदवार

इलाम । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम– २ मा नेपाली कांग्रेसबाट डम्बर खड्का उम्मेदवार बन्ने भएका छन् । पार्टीले जिल्ला सभापति खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको छ । खड्का यसअघि २०७९ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङसंग ११४ मतान्तरले पराजित भएका थिए ।

नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेका थिए । अन्य दलका उम्मेदवार र स्वतन्त्र चुनावी प्रचारपसारमा जुटिरहँदा उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको थियो । इलाम– २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त थियो ।

सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका थिए । यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको थियो । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका थिए । पार्टीले सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल समेत गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार