Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

बिर्तामोडमा नाबालिका बलात्कारको आरोपमा कलाकार एक्तेन पक्राउ

बिर्तामोडमा नाबालिका बलात्कारको आरोपमा कलाकार एक्तेन पक्राउ

  • सन्देश सम्वाददाता
  • बुधबार, चैत्र २१ २०८०


बिर्तामोडमा नाबालिका बलात्कारको आरोपमा कलाकार एक्तेन पक्राउ

विर्तामोड । नाबालिका बलात्कारको आरोपमा कलाकार गोपाल एक्तेन पक्राउ परेका छन् । गत चैत १४ बुधवार राति ८ बजे बिर्तामोडको कोहिनूर होटलमा नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाम माई नगरपालिका-६ बस्ने ४० वर्षीय गोपाल एक्तेन भनिने मेघराज लिम्बू पक्राउ परेका हुन् ।

उनलाई सोही राति बिर्तामोड -५ स्थित डेराबाट प्रहरीले पक्राउ गरेको हो । पीडितले उजुरी दिएपछि सोही राति नै पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएका एक्तेनको बारेमा अनुसन्धान भइरहेको स्रोतको भनाई छ ।

ठेक्कापट्टा गर्दै आएका एक्तेन नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश १ का सचिव हुन् । उनले बाटोमुनिको फूल, शायद, पार्सल, बाटोमुनिको फूल २, छिरिङलगायत चलचित्रमा सहायक कलाकारको रुपमा अभिनय गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार