Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

शर्मालाई जिताउन माओवादी केन्द्र देउमाई वडा केन्द्रित हुँदै

शर्मालाई जिताउन माओवादी केन्द्र देउमाई वडा केन्द्रित हुँदै

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र २० २०८०


शर्मालाई जिताउन माओवादी केन्द्र देउमाई वडा केन्द्रित हुँदै

फिक्कल । आगामी बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि नेकपा माओवादी केन्द्र देउमाई नगरपालिका वाड केन्द्रित हुने भएको छ । पार्टीले बैठकबाट माओवादी केन्द्रबाट उम्मेदवार बनेका केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमणलाई बिजयी गराउन वडा लक्षित निर्वाचनका कमाण्डर तोकेको हो ।

माओवादी केन्द्रले वडा नं १ मा अनिल बराइली र देवेन्द्र राई, वडा नं २ मा डिवन राई, वडा नं ३ मा राम राई र ताराबाबु सुवेदी, वडा नं ४ मा उर्मिला तामाङ र कृष्ण विक र वडा नं ५ मा अशोक प्रधान र मुक्ति कवारलाई कमाण्डरको रुपमा तोकेको छ । त्यसैगरी वडा नं ६ मा तिलकसिंह साउदेन र प्रेम राई, वडा नं ७ मा दिपेन राई र बेद प्रसाद भट्टराई, वडा नं ८ मा टिकाराम बराइली र नवराज फुयाँल तथा वडा नं ९ मा देवेन्द्र बराल रहेका छन् ।

उपनिर्वाचनमा खटिएका कमाण्डरहरुलाई चैत्र २४ गते हुने मनोनयनका दिन निर्वाचन कार्यालयमा केन्द्रित गरिने भएको छ । बैठक नेकपा (माओवादी केन्द्र ) प्रदेश सचिवलय सदस्य तथा इलाम जिल्ला सह–ईन्चार्ज सोम माया राई सिन्धुको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य तथा देउमाई नगर ईन्चार्ज कुमार बराईली अनिलको विशेष आतिथ्यतामा नगरका अग्रज पाटी कार्यकर्ताको बैठक बसेको पार्टीका कार्यालय सचिव अंकित बराइलीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार