Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

श्रीअन्तुमा बैशाख १ गते पर्यटन महोत्सव

श्रीअन्तुमा बैशाख १ गते पर्यटन महोत्सव

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र १८ २०८०


श्रीअन्तुमा बैशाख १ गते पर्यटन महोत्सव

फिक्कल । इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकामा नयाँ बर्षको अवसर पारेर अन्तु पर्यटन महोत्सव हुने भएको छ । चैत्र २८ गतेबाट बैशाख १ गतेसम्म नगरपालिकाले महोत्सव अन्र्तगतको सांस्कृतिक र सांगितिक कार्यक्रम गर्न लागेको हो । महोत्सवको बारेमा नगरपालिकाले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

नगरलाई सर्वकालिन पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न महोत्सवको आयोजना गरिएको जनाएको छ । महोत्सव अन्र्तगत चैत्र २८ गते वृहत सरसफाई कार्यक्रम हुनेछ । चैत्र ३० गते सूर्योदय आइडलको प्रस्तुती, विभिन्न खाद्य परिकार र हस्तकलाको स्टल स्थापनाका साथै दिपावली र डिजे सेसन गर्दैछ । त्यसैगरी बैशाख १ गते सूर्योदयको दृश्यावलोकन, शुभकामना आदान प्रदान, विभिन्न सांस्कृतिक झाँकी, सूर्योदय आइडलको बिजेता घोषणा तथा पुरस्कार वितरण र राष्ट्रिय कलाकारहरुको सांगितक प्रस्तुती राखेको छ । आइडलको शिर्ष ८ प्रतिस्पधीहरु तय भएकाले बैशाख ३० मा अन्तिम प्रतिस्पर्धाबाट बिजेता छनौट हुनेछन् ।

महोत्सवमा याम बराल, भुपेन्द्र राई, पुजन प्रधान, गणेश पराजुली, यशोदा पराजुली, फूटी शेर्पा लगायतले सांगीतिक कोशेली पस्कनेछन् । सोही अवसरमा लागु पदार्थ दुव्र्यसनी, मदिरा तथा सुर्तिजन्य बस्तुहरुको नियमन नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी सन्देमुलक सचेतना कार्यक्रम समेत राखिएको छ ।

पत्रकारहरुको जिज्ञासालाई सम्बोधन गर्दै नगर उपप्रमुख दुर्गाकुमार बरालले दैनिक ५ हजार पर्यटकलाई व्यवस्थापन गर्न सक्ने होटल, होमस्टे र कटेज लगायतका पुर्वाधारहरु अन्तुमा रहेको बताए । उनले भौगोलिक रुपमा टाढा नभएकाले वडा नं ७ र ८ मा समेत पर्यटकहरुलाई राख्न सकिने बताए ।

अन्तुमा महंगी बढि भएको गुनासो प्राप्त भएको पत्रकारहरुको प्रश्नमा भने ‘ हामीले अनुगमन गर्दा होमस्टेहरुमा सरल मुल्य रहेको पाएका छौ । पर्यटकहरुलाई सहजताको लागि नुमुना पर्यटन बस्तीको रुपमा समेत विकासको सुरुवाती चरणमा छौ ।’ उनले अहिले नगरले होमस्टेलाई प्राथमिकता दिएर अघि बढेको बताए । उनले होटल र कटेजको जग्गा लिज छोटो समयका लागि मात्र हुने गरेकाले लगानी उठाउन व्यवसायीहरुलाई समस्या देखिएको बताए । बरालले १० बर्षको लिज सम्झौता हुने सकेको खण्डमा होटलहरुमा देखिएको महंगीको समस्या समाधान हुने बताए ।

प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईले दैनिक ३ हजार भन्दा बढि पर्यटकहरुले अन्तु भ्रमण गर्दै आएको बताए । उनले चाडपर्वको समयमा अन्तु क्षेत्रमा पर्यटकहरुको चाप रहेको बताए । भट्टराईले असोज देखि मंसिरसम्मको अवधिमा अन्तुमा पर्यटकहरुको आवागमन उच्च हुने बताए । उनले पर्यटकहरुलाई आर्कषित गर्न लागि पर्यटकीय पुर्वाधारलाई प्राथमिकता राखेर काम भइरहेको बताए ।

उनले पर्यटकीय क्षेत्रमा संरचना बनाउँदा वातावरणीय क्षतिका बारेमा नगरले अध्ययन गरिरहेको बताए । उनले पर्यटकीय क्षेत्रका पुर्वाधारहरु निर्माणका लागि मापदण्ड तय गर्ने बिषय छलफलमा रहेको बताए । महोत्सव संचालनका लागि करिब १० लाख रुपैया खर्च हुने अनुमान राखिएको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार