Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

घण्टी बजाउँदै इलाम–२ मा रास्वपाले गर्‍यो उम्मेदवार सार्वजनिक

घण्टी बजाउँदै इलाम–२ मा रास्वपाले गर्‍यो उम्मेदवार सार्वजनिक

  • सन्देश सम्बाददाता
  • शनिबार, चैत्र १७ २०८०


घण्टी बजाउँदै इलाम–२ मा रास्वपाले गर्‍यो उम्मेदवार सार्वजनिक

इलाम । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ । पार्टीका सभापति रवि लामिछाने सहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार सार्वजनिक गरेका हुन ।
इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रम गरी पत्रकारसमेत रहेका मिलन लिम्बुको उम्मेदवारी सार्वजनिक गरिएको हो । उम्मेदवारी सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, ललितपुर ३ की सांसद तोशिमा कार्की, पार्टी सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले, उमेद्धवार घोषणा गरिएका मिलन लिम्बु लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए ।

म इलामको अकबरे, अदुवा र अर्थोडक्स चियाको उम्मेदवार हुँ : मिलन लिम्बु
राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम क्षेत्र नम्बर २ मा उम्मेदवारी घोषणा गरेका मिलन लिम्बुले आफू स्थानीय उम्मेदवार रहेकोले निर्वाचित हुने दाबी गरेका छन् । शनिबार इलामको चोक बजार लाँकुरी चौतारामा रास्वपाले गरेको उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै उनले इलामको माटोमा जन्मिएको बताउँदै इलामको माटोको टिका लगाएर संसद् भवन छिर्ने बताए ।
लिम्बुले आफू इलामको अकबरे, अदुवा र अर्ग्यानिक अर्थोडक्स चियाको उम्मेदवार रहेको उल्लेख गरे । उनले भने– ‘इलामको माटोको टिका लगाएर संसद् भवन छिरेर इलामेली जनताको नयाँ सम्भावनाको ढोका खोलेर इलामलाई स्वर्गभन्दा सुन्दर बनाउने प्रतिबद्धता जनाउन चाहन्छु ।’
उनले आफूले पहिचानको मुद्दा उठाउने गरेको प्रति त्यसलाई पार्टीले सम्मान गरेर जाने दाबी गरे । पहिचानलाई निश्चित जाती, क्षेत्रलाई मात्र नलिई सबैको पहिचानलाई सम्मान गरेर अगाडि बढ्ने बताए । उनले समाजलाई जातको आधारमा, क्षेत्रका आधारमा विभाजन गर्न नहुने बताउँदै सदियौँदेखि मिलेर बसेको समुदायलाई स्वीकार गरेर जानुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार