इलाम । आगामी बैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम–२ का लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले औपचारिक उम्मेदवार घोषणा गर्दैछ । शनिबार दिउँसो १ बजे इलाम नगरपालिका–७ चोक बजारमा लाँकुरी चौतारोबाट उम्मेदवारी घोषणा गर्न लागेको हो । रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवारको रुपमा अघि सारेको छ ।
उम्मेदवारी घोषणा सभालाई सभापति रवि लामिछाने र उपसभापति डा स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटी, सह–प्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य तोसिमा कार्की लगायतका नेताले सम्बोधन गर्ने छन् । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका छ ।