Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

कांग्रेसको आदिवासी जनजाति विभागमा इलामका नगेन्द्र कुमाल मनोनित

कांग्रेसको आदिवासी जनजाति विभागमा इलामका नगेन्द्र कुमाल मनोनित

  • सन्देश सम्बाददाता
  • शुक्रबार, चैत्र १६ २०८०


कांग्रेसको आदिवासी जनजाति विभागमा इलामका नगेन्द्र कुमाल मनोनित

काठमाडौँ । नेपाली काग्रेसको आदिवासी जनजाति विभागमा इलामका नगेन्द्र कुमाल मनोनित भएका छन् । संविधानसभा सदस्य कुमाल इलामको माई नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति र सहकारी विभागको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहनुभएको आदिवासी जनजाति विभागको सदस्यमा सभापति देउवाले नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ, आनन्द सन्तोषी राई, आङ्पासाङ शेर्पा, चन्द्रकुमार आङ्दम्बे, सलामसिंह तामाङ, थममाया छन्त्याल, रमेश जिमी, धनबहादुर श्रेष्ठ र कृष्ण घिसिङलाई मनोनयन गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार