Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाम साहित्य महोत्सव आजदेखि (तालिकासहित)

इलाम साहित्य महोत्सव आजदेखि (तालिकासहित)

  • सन्देश सम्बाददाता
  • शुक्रबार, चैत्र १६ २०८०


इलाम साहित्य महोत्सव आजदेखि (तालिकासहित)

इलाम । इलाम साहित्य महोत्सव इलाम सदरमुकाममा सुरु हुँदैछ । भोलिसम्म चल्ने सम्मेलनको आज इलाम बजारस्थित सिटीहलमा १० बजे उद्घाटन गरिने छ । इलाम नगर साहित्य कला, संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा हुने महोत्सवको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गर्ने कार्यक्रम छ । इलामको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको प्रतिष्ठान अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिए ।

महोत्सवमा सहभागी हुन पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पनि इलाम आएका छन् । उनले आज महोत्सव उद्घाटनपछि ‘नेपालको संरचात्मक संकट र दिगो समाधान’ विषयमा मन्तव्य राख्ने कार्यक्रम छ ।

महोत्सवमा नेपाली र भारतीय साहित्यकारबीच भलाकुसारी हुनेछ भने राजनीतिकर्मी, कलाकार, प्राध्यापकलगायत विभिन्न पेसाकर्मीसमेत सहभागी हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार