इलाम । डिभिजन वन कार्यालय इलामको दोस्रो समिक्षा गोष्ठि सम्पन्न भएको छ । डिभिजन वन कार्यालय इलामका प्रमुख दान बहादुर श्रेष्ठको प्रमुख आथित्यतामा चालु आर्थिक वर्षको दोस्रो समिक्षा गोष्ठि सम्पन्न भएको हो । समिक्षा गोष्ठिमा डिभिजन कार्यालय र सव डिभिजन वन कार्यालयका प्रमुखहरु र कर्मचारीहरुको उपस्थिति रहेको सुचना अधिकारी गजेन्द्र श्रेष्ठले बताए ।


