Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाम–२ मा रास्वपाको उम्मेदवार मिलन लिम्बु

इलाम–२ मा रास्वपाको उम्मेदवार मिलन लिम्बु

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र १५ २०८०


इलाम–२ मा रास्वपाको उम्मेदवार मिलन लिम्बु

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ। बिहीबार केन्द्रीय कार्यालय चःमतिमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

रास्वपाका केन्द्रिय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार उम्मेदवारहरु बिच छलफलबाट लिम्बुलाई समर्थन गर्ने निर्णय भएको हो । वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। लिम्बू यसअघि पत्रकार थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार