इलाम– इलामको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ६५ विद्यार्थी अनुपस्थित भएका छन् । जिल्लाका विभिन्न केन्द्रमा गरी ३५ छात्र र ३० छात्रा पहिलो दिनको परीक्षामा अनुपस्थित भएका हुन् । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार नियमित र ग्रेडवृद्धितर्फ कुल तीन हजार छ सय १५ विद्यार्थीले परीक्षाका लागि फाराम भरेका थिए ।
तीमध्ये पहिलो दिनको अंग्रेजीको परीक्षा दिन फाराम भरेकामध्ये तीन हजार चार सय ८८ विद्यार्थी परीक्षामा सहभागी भएका छन् । इकाई प्रमुख डम्बर सुवेदीले पहिलो दिनको अंग्रेजी विषयको परीक्षामा एक हजार छ सय ६८ छात्र र एक हजार आठ सय २० छात्रा सहभागी भएको जानकारी दिए । जिल्लाका विभिन्न पालिकामा २४ परीक्षा केन्द्र छन् ।
पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले बताए ।