इलाम । इलाममा आजबाट ३ दिने आँखा शिविर सुरु भएके छ । विराटनगर आँखा अस्पताल, जुविलेन्ट इलाइट एकाडेमी, इलाम नगरपालिका इलाम र नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र इलामको संयुक्त आयोजनामा ३ दिने निःशुल्क शल्यक्रिया सहितको आँखा शिविर सुरु भएको हो ।
जुविलेन्ट इलाइट एकाडेमी नविन चोकमा आगामी चैत्र १७ गतेसम्म विहान १० बजेबाट शिविर संचालन हुनेछ । आयोजकले ज्येष्ठ नागरिक तथा आँखाका रोगीहरुले शिविरमा समयमै सम्पर्क राख्न अनुरोध गरेको छ । शिविरको इलाम नगर प्रमुख केदार थापाले उद्धघाटन गरे ।



