इलाम । कोशी प्रदेश रग्बीको क्लोज क्याम्प आज देखि चुलाचुलीमा शुरु भएको छ । कर्णाली प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल रग्वी संघको व्यवस्थापनमा सुर्खेतको कालिन्चोक रग्वी रंगशालामा हुन लागेको रग्बी टुर्नामेन्टको कोशी प्रदेशको टिमले चुलाचुलीमा तयारी थालेको हो । चुलाचुली ४ स्थित बाल ज्योती माबिको खेल मैदानमा प्रदेशको महिला तथा पुरुषको रग्बी खेलाडीहरु तयारी गरिरहेका छन् ।
सात प्रदेशको सात वटा टिम साथै तीन विभागिय टिमहरु रहने टुर्नामेन्ट चैतको २७ र २८ गते सञ्चालित रहनेछ । टुर्नामेन्टमा सहभागी भइ उत्कृष्ट हुनेले अन्तरास्ट्रिय स्तरको ए.आर.एस.टि ( एसियन रग्बी सेभेन्स ट्रफी ) खेल्नेछन । जसको आयोजना केही समय पश्चात् नेपालकै काठमाडौंमा हुने खेलका प्रशिक्षक बिक्रम पुरीले जानकारी गराए ।
कोशी प्रदेश बाट हाल झापा,मोरङ उदयपुर इलाम र पाँचथर गरि ५ वटा जिल्लाका खेलाडीहरु सहभागी रहेका छन । अन्य जिल्लाहरूमा बिस्तारै समेट्दै लैजाने टिम टिम मेनेजर एवम इलाम रग्बी संघका अध्यक्ष बिजु लिम्बुले जानकारी दिए ।