इलाम । नेपाल राष्ट्रिय फुटबल टिममा विशाल बस्नेतले डेब्यु गरेका छन् । नेपाली यु–१८ राष्ट्रिय टोलीका पुर्व कप्तान बस्नेतले बहराइन विरुद्ध विश्वकप र एएफसी एसियन कप छनौटको अवे खेलमा डेब्यु गरेका हुन् । उनले खेलको ८४ औ मिनेटमा छिरिङ लामाको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् ।
बस्नेत सन् २०२१ को साफ च्याम्पियनसिप र एसियन कप छनौटको प्रारम्भिक सुचीमा परेका थिए । अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा रहेको राष्ट्रिय टोलीको प्रारम्भिक सुचीबाट बाहिरिएका थिए । गत १५ मार्चमा मलेसियासंगको मैत्रीपुर्ण खेलका लागि मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले घोषणा गरेको २३ सदस्यीय टोलीमा उनले स्थान बनाए ।
मलेसियामा डेब्यु पर्खिएका बस्नेतले बहराइन विरुद्ध सिनियर राष्ट्रिय टोलीमा खेल्ने सपना पुरा गरे । बस्नेतले नेपाल सुपर लिगमा झापा एफसीबाट खेलेका थिए । बस्नेतको डेब्यु खेलमा बहराइन विरुद्धको खेल नेपालले ३–० ले पराजित बन्न पुग्यो । यसअघि पहिलो लेगको खेल ५–० ले पराजय भोगेको थियो ।
