Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सुन्दासलाई आशिष स्मृति र राराहाङ क्रियाशिल महिला पत्रकारिता पुरस्कार

सुन्दासलाई आशिष स्मृति र राराहाङ क्रियाशिल महिला पत्रकारिता पुरस्कार

  • सन्देश सम्बाददाता
  • शनिबार, चैत्र १० २०८०


सुन्दासलाई आशिष स्मृति र राराहाङ क्रियाशिल महिला पत्रकारिता पुरस्कार

इलाम–नेपाल पत्रकार महासंघ इलामले प्रदान गर्दै आएको आशिष स्मृति पुरस्कार २०८१ सालको इलामका पत्रकार विक्रम सुन्दास (तिलविक्रम दर्जी) र क्रियाशील पत्रकार महिला पुरस्कार रीता राराहाङ लाई प्रदान गरिने भएको छ । हरेक वर्ष बैशाख १ गते मेची क्षेत्रका उदीयमान पत्रकारलाई प्रदान आशिष स्मृति पुरस्कार सुन्दास र क्रियाशिल महिला पुरस्कार राराहाङलाई प्रदान गर्ने निर्णय भएको हो ।

सुन्दास फिक्कलबाट सञ्चालित रेडियो बुद्धवाणी एफएमका समाचार प्रमुख हुन् । राराहाङ इन्डिजिनियस टेलिभिजन र सप्तकोसी एफएममा कार्यरत छिन् । २०५९ साल वैशाख १ मा दुर्घटनामा निधन भएका स्वर्गीय आशिष राई रेडियो नेपालका तत्कालीन जिल्ला संवाददाता थिए। नयाँ वर्ष मनाउन गएका बेला माईखोलामा पौडी खेल्नेक्रममा उनको डुबेर निधन भएको थियो।

पत्रकार राईको स्मृतिमा महासंघ शाखाले आशिष स्मृति पत्रकारिता पुरस्कार कोष स्थापना गरी हरेक वैशाख १ मा साविक मेची अञ्चलका एक उदीयमान पत्रकारलाई पुरस्कृत गरिरहेको छ । राईको स्मृतिमा स्थापित पुरस्कारबाट हालसम्म १९ जना पत्रकार पुरस्कृत भएका छन् । सो पुरस्कारबाट इलामका पत्रकार बेनुपराज भट्टराई, राजु शिवा, भीम चापागाईं, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, नमीन ढकाल, गणेश घिमिरे, सुमन लावती र भगिरथ भण्डारी परस्कृत भइसकेका छन्

त्यस्तै पाँचथरका गणेश साङ्पाङ, झापाका मोहन काजी, रमेश समदर्शी, ताप्लेजुङ्गका आनन्द गौतम, सीता निरौला, चन्द्र पन्दाक पुरस्कृत भइसकेका हुन् । पत्रकारिता क्षेत्रमा महिला पत्रकारको योगदानको सम्मान गर्न नेपाल पत्रकार महासंघ इलामले  स्थापना गरेको क्रियाशिल महिला पत्रकारिता पुरस्कारबाट यसअघि सविता पाण्डे र सुजता सुनुवार पुरस्कृत भइसकेका छन् ।

दुवै पुरस्कारको राशी जनही १० हजार रहेको छ । महासंघको बैठकले शाखाको साधारणसभा चैत ३० गते आयोजना गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार