Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुम ५ मा माओवादी केन्द्रको अध्यक्षमा धन बहादुर दर्लामी

फाकफोकथुम ५ मा माओवादी केन्द्रको अध्यक्षमा धन बहादुर दर्लामी

  • सन्देश सम्बाददाता
  • शनिबार, चैत्र १० २०८०


फाकफोकथुम ५ मा माओवादी केन्द्रको अध्यक्षमा धन बहादुर दर्लामी

फाकफोकथुम ५ लुम्देमा नेकपा माओवादी केन्द्रको वडा सम्मेलन बिष्णु बहादुर दर्लामीको अध्यक्षता र जिल्ला सह इन्चार्ज कान्छा लाओतीको प्रमुख अतिथित्यमा सम्पन्न भएको छ । सम्मेलनमा पार्टी पालिका अध्यक्ष के वि बान्तवा राई ,बरिष्ठ उपाध्यक्ष लक्ष्मण घतानी, उपाध्यक्ष अरूण दर्लामी उपस्थितिमा वडा सम्मेलन सम्पन्न भएको हो ।
वडा सम्मेलनमा धन बहादुर दर्लामीको नेतृत्वमा २३ सदस्यीय नयाँ समिति सर्वसम्मत निर्वाचित गरिएको निर्वाचन मण्डलका संयोजक अरूण दर्लामीद्वारा घोषणा गरिएको गरिएको थियो। नयाँ निर्वाचित कार्यसमितिहरूमा धन बहादुर दर्लामी, उपाध्यक्ष जित बहादुर राई, सचिव राम कृष्ण घिमिरे सह सचिब योगेन्द्र राई, कोषाध्यक्ष पवित्रा मुखिया, सदस्यहरू मिठ पाङमि मगर, रत्न मुखिया, गंगा बहादुर दर्लामी मगर, उपेन्द्र पिठकोठे, खड्क बहादुर दर्लामी रहेका छन् । त्यसैगरि खड्ग बहादुर दर्लामी, टेक वहादुर पाङ्मी मगर, बिजय दर्लामी, याम बहादुर दर्लामी, राज कुमार राना, बसन्त थापा, पवित्रा गजमेर, कुमारी गजमेर, मन कुमारी लिम्बु, कमला लिम्बु, मन कुमारी लिम्बु, युव राज राना र ललिता दर्लामी रहेका छन् ।
पार्टीको बिधान अनुसार नेकपा माओवादी केन्द्र जिल्ला सह इञ्चार्ज कान्छा लाओतीद्वारा पद तथा गोपनीयताको सफत ग्रहण गराइएनुका साथै फाकफोकथुम पार्टी अध्यक्ष के वि बान्तवा र बरिष्ठ उपाध्यक्ष लक्ष्मण घतानीले निर्वाचित टिमलाई शुभकामना दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार