चारआली । सानैमा बुवाको मृत्यु भयो । बुवाको अभावमा आमा मेनुका राजवंशीले जाडो महिनामा भक्का र गर्मी महिनामा मजदूरी गरेर पाँच जनाको खर्चको जोह गर्नुहुन्थ्यो । ४ वर्षअघि साइकल दूर्घटनामा परे । गाउँलेले सक्दो चन्दा उठाएर बचाए । फेरि आज यो गतिमा छु । दोश्रो पटक मलाई बचाएर पूर्नजन्म दिनुस् । सबैमा अपील गर्छु ।
यो अपील सवारी दूर्घटनापछि हाल टिचिङ्ग हस्पिटलको वेडमा रहेका झापा मेचीनगर १४ का राजवंशीका १७ वर्षीय छोरा सञ्जीव राजवंशीको हो । गत माघ २ गते सिलिगुढीस्थित आफन्तकोमा पाहुँना जाने क्रममा २२ भारतीय मालवहाक ट्रकको ठक्करबाट दुवै खुट्टा गुमाएका थिए । राजवंशी मेचीनगर १३ मा पर्ने शहिद दशरथ चन्द माविमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन् ।
कमजोर आर्थिक अवस्थाका राजवंशीको उपचारमा वास्ता नगरेपछि आफन्त र गाउँलेको आर्थिक सहयोगमा विभिन्न हस्पिटल पु¥याए । ३ लाखबढी खर्च गरिसके । अझै २ महिना हस्टिलमै उपचार गर्नुपर्ने बाध्यता छ । राजवंशीको उपचारका लागि आइतबार सञ्जिव राजवंशी बचाउ अभियान समिति गठन गरेको छ ।
समितिमा संयोजक मुनिलाल राजवंशी, आर्थिक समिति संयोजक कृष्णकुमारी सुवेदी रहेको समितिले पत्रकार सम्मेलन गरी सहयोगको अपील गरेको छ । घाइते राजवंशीको उपचारका लागि ग्लबल बैंकको खाता नम्बर ७७०७०१०००३४२८ मा सक्दो सहयोग जम्मा गर्न समेत आग्रह गरेको छ । दैनिक ७ देखि १५ सयबढी खर्च हुन्छ । अभियानका संयोजक मुनिलाल राजवंशीले भने, केही दिनमा खुट्टाको प्लास्टिक सर्जरी गर्नुछ । निकै नै खर्च लाग्छ ।