सन्दकपुर (सुलुबुङ) । पर्यटकीय गाउँपालिका इलामको सन्दकपुरमा ७ दिने कुक तालिम शुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय इलाम र सन्दकपुर गाउँपालिकाको सहकार्यमा ७ दिने कुक तालिमको सन्दकपुर २ का वडाअध्यक्ष सनम राईले उद्घाटन गरेका थिए ।
कुक तालिममा सन्दकपुर गाउँपालिका भित्र विभिन्न वडाबाट होमस्टे व्यवसायी सहभागि रहेका छन् । उद्घाटन सत्रमा बोल्दै सन्दकपुर २ का अध्यक्ष सनम राईले सन्दकपुर गाउँपालिकामा पर्यटकीय क्षेत्र भएकाले पर्यटक आवागमन बढ्दै गएकाले तालिमको उपयोगी बन्ने बताए ।




